देशभर अक्सिजनको अभाव भइरहेको बेला युवाहरुले देशमै बनाए अक्सिजन कन्सन्ट्रेटर

काठमाडौं । कोभिड- १९ को दोस्रो भेरियन्टको प्रकोपसँगै अक्सिजनको अभाव भैरहेको अवस्थामा नेपाल युथ मुभमेन्ट तथा केयू डिजाइन ल्याबका अनुसन्धानकर्मीहरुको प्रयासमा अक्सिजन कन्सन्ट्रेटर निर्माण भएको छ ।
यो प्रणालीले वातावरणमा रहेको हावाबाट नाइट्रोजन ग्यासलाई ट्रयाक गरी अक्सिजन संकलन गर्छ । यसअन्तर्गत नाइट्रोजन ग्यास अवशोषणपछि बाँकी रहेको ९५ प्रतिशत अक्सिजन संकलन गर्न सकिने प्रोडक्ट डेभलपमेन्ट टिमका सदस्य अभिषेक काफ्लेले बताए ।
यो प्रणालीमा कम्प्रेसरमार्फत् नाइट्रोजन ग्याँसलाई फिल्टर गरी ट्याकंभित्र अक्सिजन भण्डारण गरिन्छ । काफ्लेका अनुसार यसले अन्य कमर्सियल पउत्पादन जस्तै ५ लिटर प्रतिमिनेटसम्म अक्सिजन सप्लाई गर्न सक्छ । अक्सिजन नपाएरै धेरै मानिसको मृत्यु भैरहेको अवस्थामा यो सिस्टमबाट बिरामीलाई सिधै अक्सिजन सप्लाई गर्न सकिन्छ ।
यसले अक्सिजन जेनेरेटरका रूपमा काम गर्ने भएपनि ठूलो अक्सिजन प्लान्टको बिकल्प भने दिन सक्दैन् । अहिले अस्पतालहरुमा १५ लिटर प्रतिमिनेटसम्म अक्सिजन चाहिएको छ । यसले माइल्ड (साधारण) तहका बिरामीका लागि भने अक्सिजन आपूर्ती गर्न सक्छ।
अहिलेको कोभिड महामारीको अवस्थामा तत्काल प्रयोग गर्न सकिने गरी यो पउत्पादनको विकास गरिएको छ। ‘ यसको विस्तार गर्न सके धेरैले मृत्युको मुखबाट नयाँ जीवन पाउने थिए यो उत्पादन सँग सम्बद्धहरु भन्छन् ।राष्ट्रिय आविष्कार केन्द्रमा थप परीक्षण गरी यसको व्यवसायिक उत्पादन गर्ने योजना भएको उनिहरुले जानकारि दिए ।
यो यो अक्सिजन कन्सन्ट्रेटरको विकासमा काफ्ले सहित रमन शिलवाल, सुष्मा पोखरेल, विकास सिटौला, प्रज्ञान बस्नेत, अञ्जली जोशी, अधिराज आचार्य, आशिष खड्का तथा आशिष शाहको संम्लग्नता छ ।

प्रतिक्रिया