शुक्रबार, जेठ ४, २०८१

कवि एवं गीतकार दिनेश अधिकारीको एल्बमबाट-३

नेपालखोज २०७८ जेठ १ गते १०:५५

विक्रम संवत १९८४ चैत २ गते खर्साङ, दार्जीलिङमा जन्मेकी कथाकार देवकुमारी थापाको निधन भने २०६८ वैशाख २२ गते आफ्नै गृहनगर विराटनगरमा भएको हो ।

एकादशी, झझल्को, सेतो बिरालो, टपरी, भोक र तृप्ति, प्रलय प्रतीक्षा आदि शीर्षकका कथा सङ्ग्रह, वरपरबाट, कथाको बिटुलो, जंगलको कथा, सुनपखेटी चरी शीर्षकका बाल-कथा सङ्ग्रहहरुका अतिरिक्त पुण्यात्मा आत्मा र ६ तारा शीर्षकका जीवनीपरक पुस्तककी यी लेखिका २०५२-२०५७ को अवधिमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सदस्यको हैसियतमा आबद्ध थिइन्।

म उहाँलाई दिदी नै भन्थें ।
देवकुमारी दिदीसँग २०४० को दशकमा मात्रै मेरो भेटघाट भएको भए पनि पहिल्यैदेखि उहाँलाई चिन्दथें भन्दा हुन्छ। नभेट्दा नभेट्दै पनि चिन्नुको कारणचाहिँ के थियो भने उहाँले लेख्नुभएको बाल-मनोविज्ञानमा आधारित ‘भविष्य निर्माण’ शीर्षकको कथा हामीले पढ्नपर्ने एसएलसीको पाठ्यपुस्तकमा समाविष्ट थियो।

दिदीसँगको यो फोटो भने १४ चैत २०५९ सालमा विराटनगरस्थित उहाँकै घरमा खिचिएको हो, जहाँ म आजका दिनसम्ममा एकपटक मात्र पुगेको छु र पनि दिदीको सम्झनासँगै त्यो घरलाई पनि पटक-पटक सम्झिन्छु ।

प्रतिक्रिया