शनिबार, वैशाख २२, २०८१

मेरो भत्केको घर

नवराज गौतम २०७८ फागुन ७ गते ९:२९

एकपटक सात समुद्रपारिको एउटा व्यापारी हाम्रो गाउँ घुम्न आएछ । गाउँमा मेरो भत्केको चुहुने घर देखेर उसको मनमा दया जागेछ । मेरो घरको अवस्था देखेर व्यापारीले भन्यो- तिम्रा लागि म नयाँ घर बनाइदिन्छु । मैले खुसी हुँदै हुन्छ भनिदिए । व्यापारीले सर्त राख्यो घर- बनाउने ज्यामी म राख्छु । मैले हुन्छ भनें । उसले बालुवा, सिमेन्ट, गिट्टी, इँट्टा सबै मैं किन्छु भन्यो । मैले हुन्छ भनें । उसले हिसाब-किताब मै राख्छु भन्यो । तिमीले सित्तैमा दिने पैसाको हिसाब-किताब तिमी नै राख मलाई कुनै आपत्ति छैन भनिदिएँ । अहिले मेरा छोरा-छोरीहरु ज्यामी राख्दा, सिमेन्ट, छड, गिट्टी किन्दा आउने कमिसन नपाइने भयो भनेर मसँग झगडा गर्दै छन् र भन्दैछन्- भोलि व्यापारीले घर, जग्गा कब्जा गर्यो भने के गर्ने ? मैले भनें- घरजग्गा कब्जा गर्न छिमेकी नै काफी छ, सात समुद्रपारिको व्यापारी नै आउनुपर्छ र !

प्रतिक्रिया