निकुञ्जमा मारिएका कर्मचारीको नामबाट छावाको नामकरण
नेपालखोज
२०७८ जेठ १ गते ११:१८

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्धारा मारिएका कर्मचारीको नामबाट राखिएको छ ।
११ दिनअघि निकुञ्जको हात्ती नारायणीकलीले जन्माएको भाले छावाको नाम शुक्रबार “शेषचन्द्र गज” राखिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७१ साल असोज ९ गते कामकै सिलसिलामा हिडेका निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीलाई तस्करले गोली हानी हत्या गरेका थिए ।
चौधरी ठोरीको दिवानगर पोष्टमा कार्यरत रहँदा बगइको जङ्गलमा गोली हानिएको थियो । निकुञ्जले संरक्षण शहिद घोषणा गर्नुपर्ने माग गरिरहेका चौधरीको सम्झनामा छावाको नाम राखिएको बरालले जानकारी दिए ।
नारायणीकलीले यसअघि जन्माएका दुई छावाको नाम ‘माडी गज’ र ‘लक्की गज’ राखिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया