नयाँ कार्यकालमा प्रभावकारी काम गरेर देखाउन ओलीलाई थापाको सुझाव

नेपालखोज २०७८ जेठ १ गते १७:४८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ कार्यकालमा केही नमुनालायक काम गर्न सुझाएका छन् ।

शनिबार सञ्जालमार्फत उनले कोरोना नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् । दोस्रो कार्यकालमा विवाद/असफलताका वावजुद केही राम्रा काम पनि भएको उल्लेख गर्दै अध्यक्ष थापाले अझै समय रहेकोले केही गर्न आग्रह गरेका छन् ।

भारत र भुटानले कोरोना महामारीमा उल्लेख्य काम गरेको समाचार सेयर गर्दै उनले हामीले किन नसकेको भनेर प्रश्नसमेत गरेका छन् ।

प्रतिक्रिया