चौबीस घण्टामा ५,४५५ जना संक्रमणमुक्त, ८,१६७ मा कोरोना पुष्टि

काठमाडौं । देशभर आज ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएकासहित देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० पुगेको छ । यही अवधिमा १ सय ८७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै मृतकको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ४ सय ५५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । आज १ हजार ३ सय ३१ जना आइसियु र ३ सय ७० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघेको छ ।
आजको अपडेटअनुसार एक लाख १ हजार ७ सय ७१ संक्रमित होम आइसोलेसनमा र ७ हजार ९ सय ६९ जना संस्थागत आइसोलेसनमा बसेका छन् । क्वारेन्टाइनमा भने ६७५ जना छन् ।

प्रतिक्रिया