लुगा सुकाउँदै गरेकी महिलाकाे छतबाट लडेर मृत्यु
नेपालखोज
२०७८ जेठ २ गते ९:१४

सर्लाही । जिल्लाको बरहथवामा छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–५ स्थित आफ्नै तीनतले घरको छतबाट लडेर महिलाको मृत्युु भएको हो ।
छतमा लुगा सुकाउने क्रममा शनिबार अचानक छतबाट भुइँमा खस्दा पूर्णबहादुर थापामगरकी ५१ वर्षीय श्रीमती गीता थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
छतबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो ।
घाइते महिलाको त्यहाँ उपचार हुन नसकी थप उपचारका लागि वीरगञ्जकै न्यूरो अस्पताल लाने क्रममा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया