अक्सिजनका १८ हजार खाली सिलिन्डर काठमाडौं ल्याइँदै
नेपालखोज
२०७८ जेठ २ गते १२:१४

काठमाडौं । चीन सरकारले अनुदानमा दिने भनेको १८ हजार खाली अक्सिजनका सिलिन्डर तातोपानी नाका आइपुगेकाे छ ।
उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर स्थलमार्ग हुँदै तातोपानी नाकामा आइपुगेको जानकारी दिए ।
ती सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ । नेपालमा सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितको मृत्युु हुन थालेपछि सरकारले चीनबाट अनुदानमा २० हजार खाली सिलिन्डर पाएको थियो ।
यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अब बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।
आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानले ल्याउँदैछ ।
सम्बन्धित

प्रतिक्रिया