प्रधानमन्त्री ओलीले लिएको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

नेपालखोज २०७८ जेठ २ गते १९:५४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । गएको वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द दुई पटक उच्चारण गर्दासमेत प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।

प्रधानमन्त्री ओलीको शपथलाई लिएर वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसी रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए । उनिहरूले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रो पटक शपथ गराउन माग गरेकाव छन् ।

त्यस्तै अधिवक्ता सन्तोष भण्डारीले प्रधानमन्त्रीको शपथ र प्रधानमन्त्रीले गरेको सात मन्त्रीको नियुक्तिविरुद्ध अर्को रिट निवेदन पेस गरेका छन् तर दुवै रिट निवेदन दर्ता भने भएको छैन् ।

प्रतिक्रिया