प्रधानमन्त्रीलाई पुनः शपथ ग्रहण गराउन जसपाको माग

नेपालखोज २०७८ जेठ २ गते २३:००

काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गरेको छ ।

शपथ ग्रहणको क्रममा ओलीले राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्याएको भन्दै जसपाले विज्ञप्ति जारी गर्दै पुनः शपथ ग्रहणको माग गरेको हो ।

गएको बैशाख ३१ गते प्रधानमन्त्री ओलीले शपथ ग्रहणका क्रममा त्यो पर्दैन भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द दोहोर्याएका थिएनन् ।

यही विषयमा जसपा अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको भन्दै पुनः शपथ ग्रहण गराउन माग गरेका हुन् ।

प्रतिक्रिया