दासढुंगा हत्याकाण्डको उच्चस्तरीय छानबिन गरौँ : बाबुराम

नेपालखोज २०७८ जेठ ३ गते ९:४३

काठमाडौं । पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दासढुंगा हत्याकाण्डको छानबिन गर्न माग गरेका छन् ।

२८ औं मदन आश्रितको स्मृतिमा सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गदै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले निष्पक्ष छानबिनको माग गरेका हुन् ।

मदन पत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दाबी गर्ने प्रधानमन्त्री केपी शर्मा ओली भएको बेला रहस्यको अन्तिम निर्क्योल गर्नुुपर्ने भन्दै उच्चस्तरीय छानबिनको माग गरेका छन् । नत्र भने मदन भण्डारीको नाममा स्वार्थको रोटी सेक्न छाड्नु पर्ने उनको तर्क छ ।

प्रतिक्रिया