अरब सागरबाट प्रारम्भ भएकाे शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि देखिन थाल्याे
नेपालखोज
२०७८ जेठ ३ गते ११:०९

काठमाडाैं । अरब सागरबाट प्रारम्भ भएकाे शक्तिशाली चक्रवातको प्रभाव भारत पछि नेपालमा पनि सोमबारबाट देखिन थालेकाे छ । मौसम पूर्वानुमान महाशाखाकाका अनुसार अरब सागरबाट प्रारम्भ भएको चक्रवातको असर नेपालमा पनि देखिन थालेको हो ।
मौसमविद मीनकुमार अर्यालका अनुसार सोमबार दिउँसो वा साँझबाट असर देखिएला भन्ने अनुमान गरे पनि बिहानैबाट उपत्यकामा आंशिक प्रभाव पारिसकेको बताएका छन् ।
भारतमा यसको असर तिब्र देखिन थालेको छ । अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई अन्य स्थानमा सार्ने काम भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया