बुधबार, असार ११, २०८२

प्यालेस्टिनी विद्रोहीविरुद्ध पूरै सैनिक शक्ति लगाउँछाैं : नेतान्याहु

नेपालखोज २०७८ जेठ ३ गते ११:५०

काठमाडाैं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी हमास विद्रोहीहरू विरुद्ध सैनिक कारबाही पूर्ण शक्तिका साथ जारी रहने बताएका छन् ।

प्रधानमन्त्री नेतान्याहुले वार्ताहरुबाट शान्ति बहाली नभएसम्म कारबाही जारी राख्ने चेतावनी दिएका बीबीसीले जनाएको छ । इजरायलको आक्रमणबाट हिजो एकैदिन ४० जना भन्दा धेरैको ज्यान गएको छ । एक हप्ता अघि इजरायलसँग युद्ध शुरु भएयता हिजो सबैभन्दा घातक दिन भएको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् ।

हिजो इजरायलको सेनाले व्यस्त सडकमा समेत आक्रमण गरेको र तीनवटा ठूला भवन भत्काएको बीबीसीले उल्लेख गरिएकाे छ ।

गाजामा अहिलेसम्म एक सय ९७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा ५८ बालबालिका तथा ३४ महिला छन् । एक हप्तामा प्यालेस्टिनी विद्रोहीहरूल तीन हजारभन्दा धेरै रकेट प्रहार गरेका र आफूहरुले जवाफी कारबाही जारी राखेको इजरायलको सेनाले जनाएको छ ।

इजरायलतमा रकेट हमलाहरूमा परि १० जनाको ज्यान छ । यसैबीच संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले युद्धविराम गराउन अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग आपत्कालीन बैठक गरेको छ । तर पन्ध्र सदस्यीय सुरक्षा परिषद्ले पछिल्ला दिनमा कुनै सार्वजनिक विज्ञप्तिमा सहमति जनाउन सकेको छैन ।

प्रतिक्रिया