२५ दिन यताकै कम संक्रमण, मृतक भने घटेनन्
थपिनेभन्दा डिस्चार्ज हुने धेरै
नेपालखोज
२०७८ जेठ ३ गते १३:०२

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ३८६ जनामा (कोभिड १९) कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २५ दिनमा दैनिक ३ लाखभन्दा कम कोरोना संक्रमित थपिएको यो पहिलो पटक हो ।
यहि अवधिमा कारोना संक्रमणका कारण मृत्यु हुुनेको संख्या भने ४ हजार १६ अर्थात ४ हजारभन्दा वढि नै छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ७८ हजार ७४१ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुुसार त्यहाँ अहिले कोरोनाका संक्रिय संक्रमित ३५ लाख १६ हजारभन्दा धेरै छन् । जहाँ अहिलेसम्म करिब साढे २ करोड संक्रमित पहिचान भइसकेका छन् । जहाँ मृतकको संख्या २ लाख ७५ हजार नजिक छ ।
सम्बन्धित
प्रतिक्रिया