कोरोनाविरुद्ध भारतको नयाँ औषधि ‘टू डीअक्सी’ सार्वजनिक, पानीमा घोलेर खान सकिने
नेपालखोज
२०७८ जेठ ३ गते १८:३४

नयाँदिल्ली । भारतीय रक्षामन्त्री राजनाथ सिंह तथा स्वास्थ्यमन्त्री हर्षवर्द्धनले कोरोना भाइरसविरुद्ध ‘टू-डीअक्सी-डी-ग्लुकोज’ नामक नयाँ औषधि सार्वजनिक गरेका छन् ।
भारतीय प्रतिरक्षा अनुसन्धान तथा विकास संस्था (डीआरडीओ) द्वारा विकसित उक्त औषधिलाई भारतीय औषधि नियामक निकाय (डीसीजीआई) ले मान्यता प्रदान गरेको छ । कोरोनाका गम्भीर बिरामीलाई आपत्कालीन अवस्थामा दिन मिल्ने गरी उक्त औषधिको विकास गरिएको बताइएको छ । उक्त औषधि पानीमा घोलेर खान सकिन्छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त औषधिले अतिरिक्त अक्सिजनको सहायतामा उपचार गराइरहेका बिरामी र अस्पतालमा भर्ना भएकालाई निको हुन मद्दत गरेको प्रमाणित भएको छ ।
सम्बन्धित

प्रतिक्रिया