कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नेपालखोज २०७८ जेठ ३ गते २१:०२

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमवार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्मा र आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका सीताकुमारी नेपालीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार उनिहरूलाई मन्त्रीमा नियुक्त गरेका हुन् । अब बाँकी रहेको सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय सरकारलाई विश्वासको मत दिएको कांग्रेसलाई दिएर सरकारमा सहभागी गराउने बताइएको छ ।

प्रतिक्रिया