रुबी खानलाई बिहीबार उपस्थित गराउन सर्वोच्चको आदेश
नेपालखोज
२०७८ असोज २६ गते २१:११
काठमाडौं । सर्वोच्च अदालतले रुबी खानलाई २८ गते उपस्थित गराउन आदेश दिएको छ । गएको शुक्रवार प्रहरीले माइतीघर मण्डलबाट पक्राउ गरी रुबीलाई नेपालगञ्ज पठाएको थियो ।
उनको अवस्था अज्ञात रहेको भन्दै अधिवक्ता मोहना अन्सारीले दिएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईले आउँदो बिहीवार बिहान रुबीलाई अदालतमा उपस्थित गराउन आदेश दिएका हुन् ।
रुबीले अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा अनशन सुरु गरेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया