गाजामा इजराइली हमला, मृतकको संख्या २ सय पुग्यो
नेपालखोज
२०७८ जेठ ३ गते २२:२२

इजराइल । गाजाको स्वस्थ्य मन्त्रालयले एक साताअघि सुरु भएको इजराइली हमलामा परि हालसम्म ज्यान गुमाउनेको संख्या दुई सय पुगेको जनाएको छ ।
त्यहाँका स्वास्थ्य मन्त्रालयले जारी गरेको एक बयानमा मारिने मध्य ५९ जना बालबालिका तथा ३५ जना महिला रहेको जनाएको छ भने हालसम्म हमलामा परि १ हजार ३ सय ५ जना घाइते भइसकेको उक्त बयानमा उल्लेख गरिएको छ ।
तर, इजराइली सेनाले भने हालसम्म गाजामा १ सय ३० जना चरमपन्थीको मृत्यु भएको जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया