मुम्बईमा पानीजहाज दुर्घटना : १४६ जनाको उद्धार, १७१ सम्पर्कविहीन
नेपालखोज
२०७८ जेठ ४ गते १०:१७

काठमाडौं । सोमबार जब ‘टाउ टेइ’ तुफान मुम्बईले बेहोरिरहेको थियो, त्यतिबेला मुम्बईमा ‘बार्ज पी ३०५’ पानीजहाज मुम्बई हाईमा फस्यो । पानीजहाजमा २७३ यात्रु सवार थिए ।
पानीजहाज डुबेको खबर सार्वजनिक भयो । लगत्तै ठूलो उद्धार टोली खटाएर १४६ जनाको उद्धार गरियो । अहिले पानीजहाजमा सवार बाँकी १७१ जनाको बारेमा कुनै जानकारी बाहिर आएको छैन ।
उद्धारमा कठिनाइ
पानीजहाजलाई दुर्घटनाबाट जोगाउन तयार अवस्थामा रहेको नौसेनाले पूरा कोसिस गर्याे। एउटा विशेष फोर्स आईएनएस कोच्ची जहाजको उद्धारका लागि खटाएको थियो । तर अवस्था एकदम प्रतिकूल थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार त्यतिबेला समुद्रमा ठूलो-ठूलो छालहरु आइरहेका थिए । जोडदार बतास चलिरहेको थियो । जसका कारण उद्धार कार्यमा कठिनाइ आएको थियो । पछि आईएनएस कोलकाताले पनि यस उद्धारकार्यमा सहभागिता जनाएको थियो । -एबीपी न्युज
सम्बन्धित
प्रतिक्रिया