पार्टीभित्रको विवाद टुंग्याउन एमालेकाे कार्यदल बैठक बस्दै

नेपालखोज २०७८ जेठ ४ गते १४:००

काठमाडाैं । नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक आज बस्दै छ । पार्टीभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न आज कार्यदलको बैठक बस्न लागेको जनाइएकाे छ ।

बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने भएकाे हाे । कार्यदलमा सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुजी पन्त र विष्णु रिमाल छन् ।

नेम्वाङ अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक हुन् । त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् ।

प्रतिक्रिया