जसपाले भन्यो- आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्थामा मात्रै सरकारमा सहभागी हुन्छाैं

नेपालखोज २०७८ जेठ ४ गते १४:३६

काठमाडौं । जनता समाजवादी पार्टीले आफ्नै नेतृत्वमा सरकार बन्ने अबस्था आएमात्रै सरकारमा सहभागी हुने जनाएको छ ।

जसपाले एमाले नेतृत्वको सरकारमा सहभागी हुने वा अर्को गठनबन्धनमा सहभागी हुने भन्ने अन्योल रहेका बेला अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नै नेतृत्वमा सरकार बन्ने अबस्थाबाहेक सरकारमा सहभागी नहुने स्पष्ट पारेको हो ।

विज्ञप्तिमा आफ्नै नेतृत्वको सरकार बन्ने वा राष्ट्रिय सहमतिको सरकार बन्ने अबस्थामा मात्रै सरकारमा सहभागी हुने जनाइएको छ ।

‘जनता समाजवादी पार्टी सरकार सहभागी नभई प्रतिपक्षको भूमिकामा रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ ।’विज्ञप्तिमा भनिएको छ ।

जसपाकै नेतृत्वमा सरकार बन्ने वा राष्ट्रिय सहमतिको सरकार बन्ने अबस्थामा भने सरकार सहभागी हुने जसपाका दुईजना अध्यक्षले स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्न सक्ने अवसर प्राप्त हुनसक्ने अबस्था आएमा सरकार गठनमा अगाडि बढ्न सकिनेछ ।’

प्रतिक्रिया