‘निषेधाज्ञामा पनि किसानको समस्या सहजीकरणको काम भइरहेको छ’ (भिडियोसहित)

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् ।
गत वर्षको बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिले किसानका काम सहज हुनेगरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताइन् । मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बीउ, औषधिको ओसारपसार, मासु, अन्डा, दूधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रुपमा संञ्चालन गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
अहिले देशका केही स्थानमा कृषि उपजको बजारीकरणमा समस्या देखिएको गुनासो आएको र यसलाई सम्बोधन गर्न ७ प्रदेशका कृषि मन्त्री र सचिवसँग छलफल गर्न लागिएको उनले बताइन् ।
यस्तै कोभिड संक्रमणको जोखिम बढ्दै जाँदा बन्दाबन्दी लम्बिन सक्ने र यसले कृषि क्षेत्रलाई थप असर गर्ने कुरालाई ध्यान दिदैँ किसान तथा व्यवसायीलाई सरकारले गर्नसक्ने सहयोग बारे अध्ययन/छलफल गर्न मन्त्रालयले कार्यदल बनाएको पनि मन्त्री अर्यालले बताइन् । यो कार्यदलले बन्दाबन्दीले किसालाई पर्न गएको असुविधा र क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिनेबारे पनि सुझाव दिने मन्त्री अर्यालले बताइन् ।
उनले कृषि उपजको अनलाइन बजार र कृषि एम्बुलेन्सको अवधारणामा छलफल भइरहेको बताइन् । यस्तै देशका केही कृषि बजारहरुलाई खुला राख्नेगरी तयारी भइरहेको उनको भनाइ छ । अघिल्लो पटकजस्तो दुःख अहिले किसानले भोग्न नपरेको मन्त्री अर्यालले बताइन् । उनले कृषि मन्त्रालयले सबै तहका सरकार र सरोकारवालाहरुसँग समन्वय गरेर अघि बढेको बताइन् ।
प्रतिक्रिया