आइतबार, असार २२, २०८२

विदेशी मुद्रामा सञ्चालन हुुने खाता सम्वन्धी व्यवस्थामा संशाेधन

नेपालखोज २०७८ जेठ ४ गते १५:३२

काठमाडौं । विदेशी मुद्रामा सञ्चालन हुुने खाता सम्वन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले संशाेधन गरेको छ ।

राष्ट्र बैंक अन्र्तगतको विदेशी विनिमय विभागले आज मंगलबार परिपत्र जारी गर्दे विगतमा जारी गरिएको एकीकृत परिपत्र २०७६ अन्र्तगत स्वदेशमा खोलिने विदेशी मुुद्राको खाता र सञ्चालन सम्वन्धी व्यवस्थामा समयसापेक्षरुपमा संशाेधन गरेको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागबाट विदेशी मुुद्रामा कारोवार गर्न अनुुमती प्राप्त निकायको खाता त्यस्तो इजाजत पत्रको अवधि बहाल रहेसम्म मात्र सञ्चालन हुुने गरी खोल्नुु पर्ने छ ।

साथै त्यस्तो इजाजत पत्रको अवधि समाप्त भएको ३० दिन भित्र पनि इजजत पत्र नविकरण भएको प्रमाण वा विदेशी विनिमय बिभागको स्वीकृती पत्र पेस नगरेमा त्यस्ता खाता सञ्चालनमा पुर्णरुपमा रोक लगाउनुु पर्ने छ ।

विदेशीलाई सेवा बिक्री गरी विदेशबाट प्राप्त भएको रकम त्यस्तो खातामा जम्मा मात्र गर्ने गरी स्वीकार गर्न सकिने छ, संशाेधित व्यवस्थामा भनिएको छ ।

तर कोभिड १९ को रोकथाम तथा न्युुनीकरणको लागि नेपाल सरकारबाट जारी भएको निशेधाज्ञा रहुञ्जेलसम्म र निशेधाज्ञा औपचारिकरुपमा समाप्त भएको ३० दिनको अवधिसम्म इजाजत पत्रप्राप्त निकायको इजाजत नविकरण नभएको अवस्थामा समेत यथास्थितीमा खाता सञ्चालन गराउन बाधा पर्ने छैन, संशाेधित व्यवस्थामा भनिएको छ ।

प्रतिक्रिया