चौबीस घण्टामा ६ हजार ८९१ जना डिस्चार्ज, ८ हजार २०३ संक्रमित थपिए
नेपालखोज
२०७८ जेठ ४ गते १७:३८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८९१ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ६ हजार ८९१ जना संक्रमण मुक्त भएसँगै कुल कोरोना जित्नेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ
त्यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै मृतकको कुल संख्या ५ हजार ४११ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया