लिड्सले साउथह्याम्पटनलाई २–० ले हरायो, म्यानचेस्टर युनाईटेड र फुलहम बराबरीमा
नेपालखोज
२०७८ जेठ ५ गते ७:१२

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्सले साउथह्याम्पटनलाई २–० ले हराएको छ । मंगलबार राति भएको खेलमा यो नतिजा आएको हो । लिड्सको जितमा प्याट्रिक बामफोर्ड र टेलर रोबर्ट्सले एक एक गोल गरे ।
अर्को खेलमा म्यानचेस्टर युनाईटेड फुलहमसँग १–१ गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा युनाईटेड अंक बाड्नु परेको हो ।
ओल्ड ट्राफोर्डमा १५ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको ७६ औं मिनेटमा जोइ ब्रायनले गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरीमा फर्काए ।
सम्बन्धित

प्रतिक्रिया