बजेट अधिवेशनबारे छलफल गर्दै कांग्रेस

नेपालखोज २०७८ जेठ ५ गते ७:२१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै छ । संसदको बजेट अधिवेसन, कोभिड १९ रोकथाम तथा नियन्त्रण र समसामयीक राजनीतिक बिषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक आज दिउँसो साढे २ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

सरकारले जेठ १५ गतेभित्र बजेट ल्याउनुुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नै संसद अधिवेसन आह्वान गरी प्रि बजेट छलफललगायतको तयारी हुुनुुपर्ने भए पनि सरकाले संसद बोलाइसकेको छैन ।

अर्कोतर्फ कोरोना भाइरसको महामारीले देश आक्रान्त भइरहेका बेला सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरको छ । त्यसैगरी केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत लिने चर्चा चलिरहेका बेला कांग्रेस बैठक बस्न लागेको हो ।

प्रतिक्रिया