आज बिहानै भूकम्प, लमजुङ केन्द्रविन्दु धक्का काठमाडौंसम्म
नेपालखोज
२०७८ जेठ ५ गते ७:४९

काठमाडौं । काठमाडौँ उपत्यकामा आज बिहानै भूकम्पको महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिएका छन् ।
लमजुुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पको काठमाडौंसहित गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन र धादिङमा पनि महशुस गरिएको थियो ।
भूकम्पको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन ।
सम्बन्धित

प्रतिक्रिया