तत्काल खोप उपलब्ध गराउन पूर्वउपकुलपतिहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपालमा कोरोना संक्रमणको गति अहिले तीब्र रूपमा बढेको छ । यसले संक्रमणको उच्च गति भएका विश्वका मुलुकहरूमध्ये नेपाल पनि परेको देखिएको छ ।
कोभिड–१९ बाट बच्ने पहिलो उपाय खोप नै हो । तर नेपालमा खोप अभियान अत्यन्त अस्तव्यस्त बनेको छ । न प्राथमिकता तोकिँदा सामाजिक न्यायको कदर गरियो न सबै उमेर समूहका लागि खोप पूर्ण मात्रा उपलब्ध भयो । बरु यसमा कमिशनखोरहरूको अमानवीय अवरोधप्रति उदासिन भएर बस्ने प्रशासनको भूमिका निकृष्टताको पराकाष्ठा भयो । जसले गर्दा जनताको अभिभावकको भूमिकामा सरकार पूर्णतया असफल प्रमाणित भएको बताइन्छ ।
कोभिसिल्डको पहिलो मात्रा लिएको आठ हप्तामा दोस्रो मात्रा लिनुपर्ने नागरिकले खोप पाउने सुुनिश्चितता भइसकेको छैन । उमेर समूह ६० देखि ६४ वर्षसम्मकाले पहिलो मात्रा पनि पाएका छैनन् । यी समस्याहरू सुल्झाउन सरकार के गरिरहेको छ, जनतालाई थाहा छैन ।
यसैसन्दर्भमा सरकारको यो निष्क्रियताप्रति खेद प्रकट गर्दै खोप लिनै नपाएकाहरुा र खोपको पहिलो मात्रा लिइसकेकाहरूलाई तोकिएको समयभित्रै दोस्रो मात्राको व्यवस्था गर्न दश जना पूर्वउपकुलपतिहरूले सरकारसग माग गरेका छन् ।
महेशकुमार उपाध्याय
केदारभक्त माथेमा
सुरेशराज शर्मा
कमलकृष्ण जोशी
नविनप्रकाश जङ्ग शाह
कैलाशनाथ प्याकुरेल
तोरणबहादुर कार्की
खगेन्द्र भट्टराई
हिराबहादुर महर्जन
नरेशमान बज्राचार्य

प्रतिक्रिया