ताउ-ते चक्रवातका कारण भारतमा ३३ जनाको मृत्यु
नेपालखोज
२०७८ जेठ ५ गते १२:५३

काठमाडाैं । अरब सागरमा उत्पन्न भएको ताउ-ते चक्रवातका कारण भारतमा कम्तीमा ३३ जनाको मृत्यु भएकाे छ । गुजरात, केरला, गोवा, महाराष्ट्र, मुम्बईलगायत राज्यहरुमा प्रभाव पारेको छ । यही चक्रवातले कम्तीमा ३३ जनाको ज्यान जानुको साथै ९० जना भन्दा धेरै हराइरहेका बीबीसी जनाएको छ ।
मुम्बईको समुद्री किनारनजिक पी ३०५ जहाज डुब्दा उनीहरु हराएका हुन् । भारतीय मौसम विभागले आजदेखि चक्रवात कमजोर हुँदै जाने बताएको छ । तर गुजरातमा अझै केही समय ठूलो पानी भने बीबीसीले उल्लेख गरेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया