रहेनन् पूर्वप्रहरी प्रमुख खड्गजित बराल
नेपालखोज
२०७८ जेठ ५ गते १३:५८

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । ९३ वर्षीय बरालको बुधबार बिहान महाराजगन्जस्थित घरमै निधन भएको हाे ।
बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी सांसद एवं म्यान्मारका लागि राजदूतसमेत बनेका थिए ।
राणा शासनविरूद्ध कांग्रेसले सुरु गरेको सशस्त्र आन्दोलनमा उनी मुक्ति सेनाका सिपाही पनि थिए ।
सम्बन्धित

प्रतिक्रिया