फ्रेन्च कप फुटबल उपाधिका लागि आज पीएसजी र मोनाको भिड्दै
नेपालखोज
२०७८ जेठ ५ गते १६:३३

काठमाडौं । फ्रेन्च कप फुटबलको फाइनल खेलका लागि आज राति पेरिस सेन्ट जर्मेन (पीएसजी) र मोनाकोले प्रतिस्पर्धा गर्दैछन् ।
स्टेड डे फ्रान्स स्टेडियममा दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । फ्रेन्च कपको सर्वाधिक सफल टिम पीएसजीले हालसम्म १३ पटक उपाधिमाथि कब्जा गरेको छ ।
त्यस्तै मोनाकोले पाँच पटक उपाधि जितेको छ । पीएसजीले सेमिफाइनलमा मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६(५ गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै मोनाकोले सेमिफाइनलमा दोस्रो डिभिजनको क्लब रुम्ली भालियर्सलाई ५(१ गोल अन्तरले हराएको थियो । फाइनल खेल राति १ बजे सुरु हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया