देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन

नेपालखोज २०७८ जेठ ५ गते १८:३९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितका उपचारका लागि देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले देशभरिका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरिएको जानकारी दिए ।

ती अस्पतालमा संक्रमितले निःशुल्क उपचार पाउने छन् । १ नम्बर प्रदेशमा १, २ नम्बर प्रदेशमा २, बागमती प्रदेशमा १७, गण्डकी र लुम्बिनी प्रदेशमा २र२ तथा सुदूरपश्चिम प्रदेशमा ६ अस्पताल रहेका छन् । ती अस्पतालमा संक्रमण र सामान्य लक्षण भएका बिरामीको उपचार गरिन्छ ।

प्रतिक्रिया