स्विट्जरल्यान्डले यसैसाता स्वास्थ्य सामग्री पठाउने, बेलायतको आश्वासन मात्रै

नेपालखोज २०७८ जेठ ६ गते ८:०८

काठमाडौं । कोरोना भाइरसको महामारीबाट आक्रान्त नेपालका लागि स्वीजरल्याण्ड सरकारले यसैसाता बिभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बुुधबार भएको टेलिफोन संवादमा नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाल सरकारलाई बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्न लागेको जानकारी दिएका हुन् ।

कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई स्वीजरल्याण्ड सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्न लागेको राजदूत क्यापिलरले बताए ।

बेलायत सरकारले भने नेपालको स्वास्थ्य क्षेत्रमा सघाउने आश्वासन मात्रै दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बुुधबारै भएको अप्रत्यक्ष बैठकमा बेलायती विदेश राज्यमन्त्री लर्ड अहमदले नेपालको स्वास्थ्य क्षेत्रका साथै अन्य क्षेत्रमा बेलायती सरकारले निरन्तर सहयोग गर्ने बताएका हुन् ।

यद्यपी बेलायतले पनि नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया