माओवादी केन्द्रको स्थायी कमिटी बैठक ११ बजे बस्दै

नेपालखोज २०७८ जेठ ६ गते ९:१७

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सुरु हुनेछ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा न्यूनीकरणका सन्दर्भमा आवश्यक निर्णय गर्न बैठक बस्न लागेको हो । त्यसैगरी कोरोना भाइरस संक्रमणविरुद्ध पार्टी पंति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिने बताइएको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे पार्टीले गर्नसक्ने कार्यक्रमका विषयमा यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुसँग परामर्शसमेत गरेका थिए ।

प्रतिक्रिया