राष्ट्रिय सभा उपनिर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने

नेपालखोज २०७८ जेठ ६ गते ९:३९

काठमाडौं । विवेकशील साझा पार्टीले आज भइरहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा मतदान नगर्ने भएको छ । साथै उसले नो भोट लागूू गर्न सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न माग गरेको छ ।

पार्टीका बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले आज बिहान एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उप निर्वाचनमा यो पार्टीले आफ्नो उम्मेदवार खडा गरेको छैन । तथापि पार्टीका तिन जना प्रदेशसभा सदस्यहरू मतदाताका रूपमा रहेका छन् ।

‘विवेकशील साझा पार्टी राष्ट्रिय सभामा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका बौद्धिक व्यक्तित्वहरूको उपस्थिति हुनुपर्दछ भन्ने मान्यता राख्दछ, कार्यपालिका (प्रधानमन्त्री) को चयनमा प्रत्यक्ष भूमिका नहुने सदन भएका कारण पनि राष्ट्रिय सभा सदस्यहरूले कतिपय अवस्थामा दलीय स्वार्थ भन्दा माथि उठी मुलुक र नागरिकको हितमा भूमिका खेल्न सक्नुपर्दछ भन्ने हामीलाई लाग्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया