कोरोना टेस्ट अब घरबाटै गर्न सकिने, भारतमा नयाँ किटलाई अनुमति
नेपालखोज
२०७८ जेठ ६ गते ११:३५

काठमाडौं । भारतीय आयुर्विज्ञान अनुुसन्धान परिषद यानी (आईसीएमआर)ले कोभिड १९ को परीक्षणका लागि र्यापिड एन्टिजेन टेस्ट (आरएटी)लाई अनुमति दिएको छ ।
कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको छ वा कोरोना पोजेटिभ भएको छ भने यो किटमार्फत घरमै जाँच गर्न सकिने बताइएको छ ।
आईसीएमआरको परार्मशअनुसार धेरैले यही किटमार्फत कोरोना परीक्षण गरेका छन् ।
आईसीएमआरले यो किटले पोजेटिभ देखाए फेरि अर्को जाँच गर्न आवश्यक नरहेको पनि बताएको छ । तर जसलाई कोरोनाको लक्षण छ तर आरएटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएमा भने तत्काल आरटी पीसीआर परीक्षण गर्न भनिएको छ ।
बिबिसी हिन्दीकाअनुसार गूगल प्लेस्टोर र एप्पल स्टोरमा होम टेस्टिङको जानकारी दिने मोबाइल एप रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया