इजरायल र गाजाको विद्रोहीबीच एक-दुई दिनमा युद्धविराम हुन सक्ने

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासका एक वरिष्ठ अधिकारीले इजरायल र गाजाको विद्रोहीबीच एक-दुई दिनमा युद्धविराम हुन सक्ने बताएकाे बीबीसीले जनाएकाे छ ।
यद्यपि इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्हायुले भनेका छन्, ‘इजरायली नागरिकको शान्ति र सुरक्षा सुनिश्चित नभएसम्म कारबाही चलिरहन्छ ।’
बुधवार लेबननबाट चारवटा रकेट इजरेलमाथि प्रहार गरियो। बदलामा लेबननी क्षेत्रका कैयौँ निशानामा इजरेली सेनाले गोलाबारी गर्यो।
जेरुसेलममा रहेको अल-अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टिनी नागरिक रिसाएपछि यहाँ हिंसा भड्किएको थियो । दुवैले यसलाई पवित्र स्थल मान्छन् ।
गाजाको नियन्त्रण गर्दै आएको हमास समूहले इजरेललाई उक्त क्षेत्रबाट पछि हट्न चेतावनी दिँदै रकेट प्रहार गरेको थियो।
बदलामा इजरेलले हवाई हमला थालेको थियो।
एक सयभन्दा धेरै महिला तथा बालबालिकासहित गाजामा २२७ जनाको ज्यान गइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ। तीमध्ये १५० जना विद्रोही लडाकू भएको इजरेलले दाबी गरेको छ।
प्रतिक्रिया