उच्च मनोबल साथ सम्बन्धित कार्यक्षेत्रमा खटिन गृहमन्त्री थापाकाे निर्देशन

मकवानपुर । गृहमन्त्री रामबहादुर थापाले प्रदेशका जनताको शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन् ।
आज बिहान हेटौँडामा वाग्मती प्रदेशका सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी र सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतसँग भेटघाट गर्दै गृहमन्त्री थापाले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गरेर जनतालाई कोरोनाबाट भयभित हुनबाट मुक्त तुल्याई उनीहरुको उपचार कार्यमा सहजीकरण तुल्याउन सम्बन्धित कार्यालय प्रमुखले आफ्नो स्रोत साधन परिचालन गरी सहयोग पुर्याउन आग्रह गरे।
मन्त्री थापालाई मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले मकवानपुर जिल्लामा कोभिड सङ्क्रमण नियन्त्रणका लागि भइरहेको प्रयास जिल्लाको शान्ति सुरक्षाको अवस्था र जिल्लामा हाल जनतालाई पुर्याउनैपर्ने सेवाको लागि सामान्यरूपमा भए पनि कर्मचारी राखेर सेवा सुविधा दिइएको पनि जानकारी दिएका थिए ।
गृहमन्त्री थापाले जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनका विभिन्न कार्यकक्षको पनि अवलोकन गरेका थिए ।

प्रतिक्रिया