चौबीस घण्टामा थप ८ हजार ३०५ जनामा कोरोना पुष्टि, ६ हजार ५४३ जना डिस्चार्ज
नेपालखोज
२०७८ जेठ ६ गते १७:४८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । यसअघि बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि भएको थियो । बितेको २४ घण्टामा २२ हजार ८७ जनामा कोरोना परीक्षण भएको थियो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८५२ नाघेको जनाएको छ ।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण थप १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै मृतकको कुल संख्या ५ हजार ८४७ पुगेको छ । बुधबार देशभर २४६ को मृत्यु भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया