जसपाका अध्यक्ष ठाकुर र नेता महतो प्रधानमन्त्री निवास बालुवाटारमा

नेपालखोज २०७८ जेठ ६ गते १९:१४

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै उनीहरू बालुवाटार पुगेका जााइएकाे छ ।

अहिलेसम्म तटस्थ बस्दै आएका ठाकुर र महतो मन्त्रिपरिषद्को निर्णयलगत्तै बालुवाटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया