बुधबार, वैशाख २६, २०८१

भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल आउने

नेपालखोज २०७७ असोज २८ गते २०:३०

काठमाडौं । भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे कार्तिक महिनामा नेपाल भ्रमणमा आउने भएका छन । नेपाली सेनाले बिज्ञप्ती जारी गर्दे नरावणेको आगामी भ्रमण बारे जानकारी दिएको हो ।

विगतमा दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित हुन गएको मित्रराष्ट्र भारतका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण यही कार्तिक महिनामा हुने भएको छ ।

यस विषयमा नेपाल सरकार मन्त्रिपरिषदले मिति २०७६।१०।२० गते नै निर्णय गरेको थियो । यस भ्रमणकै अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीद्धारा जनरल नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया