बुधबार, असार ११, २०८२

बोइलर कुखुराको मासु किलोमा सय रुपैयाँले घट्यो

नेपालखोज २०७८ जेठ ७ गते ७:४०

काठमाडौं । बोइलर कुखुराको मासु किलोमा सय रुपैयाँले घटेको छ ।

निषेधाज्ञाका कारण बजारमा कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थालेको हो ।

एक महिनाअघि प्रतिकेजी ४ सय ५० रुपैयाँसम्म किनबेच भइरहेको मासुको मूल्य अहिले केजीमा एक सय रुपैयाँभन्दा बढीले घटेर ३३० देखि ३४० रुपैयाँमा झरेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञामा मासुको खपत घटेपछि मूल्य पनि घटेको हो ।

प्रतिक्रिया