नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाअभियोग लगाऔं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न आह्वान गरेका छन् ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनुुपर्ने पनि उनले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता थापाले भनेका छन् ‘विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गरेर राष्ट्रपतिले नयाँ प्रकृया शुरु गर्ने हो ।’ उनले थप अगाडि लेखेका छन् ‘‘नेतागण,केराष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो?जानेर गरेको हो, गनगन गरेर नबसौं, सुझबुझ पुर्याउँ ।
राष्ट्रपति भण्डारीले हिजो साँझ नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई आज साँझ ५ बजेसम्मको समय दिएकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन् ।

प्रतिक्रिया