नयाँ सरकार गठनबारे कांग्रेस छलफलमा जुट्यो
नेपालखोज
२०७८ जेठ ७ गते ८:१०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि समय तोकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहानैदेखि छलफलमा जुटेको छ ।
संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न एक दिनको मात्र समय पाएपछि दलहरु बिहानैदेखि छलफलमा जुटेका हुन् ।
जसका लागि आवश्यक निर्णय गर्न अहिले बिहान ९ बजे कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।
कांग्रेसले विज्ञप्ति जारी गर्दै पदाधिकारीसहितको बैठक बोलाएको हो ।यसअघि नेताहरुले आ–आफ्ना धारणा राखिरहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया