आइतबार, असार २२, २०८२

सुनकाे मूल्य चार सय रुपैयाँले घट्याे, चाँदीकाे कति ?

नेपालखोज २०७८ जेठ ७ गते १२:२८

काठमाडाैं । नेपाली बजारमा सुन तथा चाँदी दुबैकाे भाउ भाउ आज घटेको छ । हिजो तोलामा चार सय रुपैयाँ बढेर ९३ हजार सात सय रुपैयाँ पुगेको सुनकाे भाउ आज तोलामा चार सय रुपैयाँ घटेको हो ।

सुनकाे भाउ आज तोलाको ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ ।

हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर १३ सय ५० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया