दिउँसाे १ बजे नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बाेलायाे

नेपालखोज २०७८ जेठ ७ गते १२:३५

काठमाडाैं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आज साँझ ५ सम्मको समयसीमा दिएपछि माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको जनाइएकाे छ ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए । बैठकमा नयाँ सरकार गठनको सबै विकल्पबारे छलफल हुने उनकाे भनाई छ ।

राष्टपति र प्रधानमन्त्रीले संविधान विपरीत काम गरेको निष्कर्षसहित महाअभियोग र अविश्वासको प्रस्ताव लानेबारे प्रतिपक्षी दलहरू जुटिरहेका छन् ।

प्रतिक्रिया