मंगलबार, वैशाख १६, २०८२

नेपालसहित ३ राष्ट्रलाई अस्ट्रेलियाले स्वास्थ्य सामग्री किन्न आर्थिक सहयोग गर्ने

नेपालखोज २०७८ जेठ ७ गते १३:१४

काठमाडौं । नेपालमा कोरोना महामारीले बढ्दै गएकाे अवस्थामा मित्र राष्ट्र अस्ट्रेलियाले स्वास्थ्य सामग्री किन्न आर्थिक सहयोग गर्ने भएको छ ।

शुक्रबार विदेशमन्त्री मरिस पेनद्वारा जारी विज्ञप्तिमा अस्ट्रेलिया सरकारले नेपाल, बंगलादेश र श्रीलंकालाई १७. ५ मिलियन डलर सहयोग गर्न लागेको उल्लेख छ ।

सहयोग रकममध्ये ७ मिलियन अर्थात् साढे ६३ करोड रुपैयाँ नेपालका लागि खर्च गरिनेछ । नेपालमा जाने सहयोग रकम नेपाल सरकारमार्फत भने नजाने भएको छ ।

सहयोग पठाउन अस्ट्रेलियन सरकारले संयुक्त राष्ट्रसंघको नियोग तथा गैरसरकारी संघ-संस्थालाई मध्यम बनाउने विज्ञप्तिमा उल्लेख छ । सहयोग रकमबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गरिनेछ ।

विदेशमन्त्री पेनले कोरोना संक्रमणको दर उच्च रहेका उत्तरपूर्वी हिन्द महासागर क्षेत्रका देशहरुलाई सहयोग गर्न अस्ट्रेलिया सदैव तयार रहेको उल्लेख गरेकी छन् ।

‘अस्ट्रेलियाले गर्ने सहयोग सीधै अति आवश्यक क्षेत्रमा सहायता पुर्‍याउन प्रयोग हुनेछ.’ मन्त्री पेनले बताइन् । अस्ट्रेलियाली समुदायले नेपाल, बंगलादेश र श्रीलंकामा भएका आफ्ना परिवार र साथीभाइको अवस्थाबारे निकै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया