अब चाँडै उपयुक्त निर्णय लिन्छाैं : अध्यक्ष दाहाल
नेपालखोज
२०७८ जेठ ७ गते १३:१२

काठमाडाैं । विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ । पार्टी पदाधिकारी बैठक पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताको बैठकमा पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल भएको थियो ।
देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब चाँडै उपयुक्त निर्णय लिइने बताए छन् ।
उनले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल भएको जानकारी दिँदै अब कसरी अघि बढ्ने भन्नेबारेका विकल्पका विषयमा कुराकानी भएको बताए ।
सम्बन्धित

प्रतिक्रिया