प्रधानमन्त्री ओली भन्छन्- राष्ट्रपतिमाथिको विरोध सङ्घीय गणतन्त्रमाथिकाे आक्रमण

नेपालखोज २०७८ जेठ ७ गते १३:४१

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथिको विरोध सङ्घीय गणतन्त्रमाथिकाे आक्रमण भएको बताएका छन् । बालुवाटार शुक्रवार (आज) भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले संविधानले नै राष्ट्रपतिको काम, कर्तव्य र अधिकारमा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीले गरेको सिफारिस कार्यान्वयन गर्ने भएकोले त्यहीअनुसार काम भइरहेकोमा उहाँमाथि किन विरोध भएरहेको भनेर प्रश्न गरे ।

राष्ट्रपतिमाथि महाभियोगको चर्चामाथि टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले बरु आफूलाई महाभियोग लगाउन वा हटाउन चुनौती दिएका छन् । राष्ट्रपतिमाथि विभिन्न लान्छना लगाइरहेको भन्दै उनले आफ्नो दल निकटको नभएको वा अरू कुन्ठाका कारण राष्ट्रपतिमाथि टिप्पणी भइरहेको बताए ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई २१ घण्टाको समय दिएर संविधान मिचेको भन्दै चौतर्फी विरोध भएको हाे ।

प्रतिक्रिया