ओलीले भने- ‘नयाँ सरकार बनाउन देउवा र दाहाललाई फोन गरें तर प्रतिक्रिया पाएनँ’

नेपालखोज २०७८ जेठ ७ गते १३:५८

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर नयाँ सरकार बनाउन आग्रह गरेको तर कुनै प्रतिक्रिया नदिएको बताएका छन् ।

बालुवाटारमा भएकाे पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, ‘मैले देउवाजीलाई फोन गरेर नयाँ सरकार बनाउनुहोस्, म प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्छु भनेँ तर उहाँले प्रतिक्रिया दिनुभएन, यस्तै उपयुक्त विकल्प दिनुहोस् म सहयोग गर्नका लागि विचार गर्छु पनि भने, त्यस्तै आउनुहोस् राष्ट्रिय सहमतिको सरकार बनाएर अहिलेको सङ्कटलाई पार लगाऔँ भनेँ त्यसमा पनि उहाँले मान्नुभएन ।’

अहिले देशको राजनीतिलाई विभाजनमा लैजाने मात्रै कुरा भइरहेको भन्दै ओलीले आफ्नै दलका नेता माधवकुमार नेपाल, माओवादी केन्द्र र नेपाली कांग्रेसप्रति आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया